Logo

पोखरीमा डुबेर २७ वटा बाँदर मरे



अर्घाखाँची, १६ असोज । अर्घाखाँचीको सन्धिखर्क-९ अर्घामा रहेको पोखरीमा २७ वटा बाँदर डुबेर मरेको भेटिएका छन् ।

अर्घामा रहेको सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेको स्थानीय बलराम रायमाझीले बताए ।

पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेको र पछि ती बाँदर पोखरीमा पसेपछि डुबेर मरेका हुनसक्ने आशंका गरिएको छ । पोखरी जंगलको बीचमा रहेको कारणले उद्धार हुन नसकेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्