काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
बौद्ध बिहार संघको स्वर्ण जयन्ती शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने बताउनु भयो ।
उहाले भन्नुभयो, ‘राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन् । पोलिटिकल चिटिङ गरिरहेका छन् । त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन् । त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ । राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्ने होइन । बुद्धिजमको शिक्षा बिल्कुल फरक हो । ’
प्रधानमन्त्री ओलीले बुद्धिजम सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्व भएको बताउनु भयो ।
उहाले थप्नुभयो, ‘वैरभाव पलायो भने बुद्धिजम छैन । बुद्धिजममा धेरै राम्रा गुण छन् । यसमा जात र धर्मको आधारमा छुट्याउन हुँदैन । घृणावादी होइन, स्नेहवादी, करुणावादी, मानवतावादी बुद्धिजम आवश्यक छ ।