Logo

पोल्यान्डकी क्यारोलिना बनिन् विश्व सुन्दरी



काठमाडौँ, ३ चैत । यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेलावस्काले जितेकी छिन् । ४० जना प्रतिस्पर्धीलाई पछि मार्दै उनले उपाधि जितेकी हुन् ।

अमेरिकामा भएको ७०औँ संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा उनी विजेता घोषित भएकी हुन् । विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी पोल्यान्डकी क्यारोलिना बेलावस्काले अहिले स्नातकोत्तर गर्दैछिन् ।

यस्तै, अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप भइन् ।

त्यसैगरी, ब्युटी विथ पर्पसको उपाधि अमेरिकाले जितेको छ । मिस नेपाल नम्रता श्रेष्ठ भने अन्तिम १२ मा छनौट हुन सकिनन् ।

प्रतिक्रिया दिनुहोस्