गुल्मी, १८ चैत । गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका-२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो ।
प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको आज बिहानैदेखि सशस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह पे्रमीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा ११:३० को समयमा शव फेला परेको प्रहरीले जनाएको छ ।






