कास्की, १५ साउन । कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ खिलाङ्गमा सेती नदीको बीच भागमा अड्किएका एक युवकको सकुशल उद्धार गरिएको छ ।
पौडी खेल्ने क्रममा नदीमा अड्किएका युवकको आइतवार प्रहरीले सकुशल उद्धार गरेको हो ।
सुर्खेत जिल्ला घर भइ खिलाङ्ग बस्दै आएका २१ वर्षीय तेजबहादुर घर्तीमगर पौडी खेल्ने क्रममा नदीको बीच भागमा अड्किएका थिए ।
नदीमा अड्किएका मगरको २४ नम्बर कालीका गण कास्कीबाट खटिएको गोताखोरसहितको टोलीले उद्धार गरेको हो ।







