Logo

पौडेललाई निर्वाचनमा सघाउन राप्रपा सकारात्मक: खड्का



काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचनमा सघाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सकारात्मक भएको नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् ।

रामचन्द्र पौडेललाई निर्वाचनमा सघाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सोमबार नेता पौडेलसहित राप्रपाको कार्यालयमा पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँगको भेटपछि खड्काले यस्तो बताएका हुन् ।

भेटपछि सञ्चारकर्मीसँग उपसभापति खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताए । उनले राप्रपाले सकारात्मक जवाफ दिएको र अग्रिम शुभकामना दिएको पनि बताए ।

उनले भने, ‘२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि रामचन्द्र पौडेल संविधानको रक्षा गर्नसक्ने उपयुक्त पात्र हुनुहुन्छ त्यसकारण हामीले उहाँहरुसँग हामीलाई सहयोग गर्न भन्यौँ । उहाँहरुले अग्रिम शुभकामना दिनुभयो । उहाँहरुले २४ गते बैठक बसेर निर्णय गर्ने भन्नुभएको छ । सकारात्मक जवाफ आएको छ ।’

प्रतिक्रिया दिनुहोस्