प्यालेस्टिन, १८ असार । इजरेली सेनाले अधीनस्थ उत्तरी वेस्ट ब्याङ्कको जेनिन शिविरमा ठूलो सैन्य कारबाही सुरु गरेको छ ।
विभिन्न हवाई आक्रमणसँगै उक्त कारबाही सुरु भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा त्यहाँका आवासीय भवनहरूबाट धुवाँको मुस्लो निस्किएको देखिएको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार एउटा इजरेली विमानले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य धेरै मानिस गम्भीर घाइते भएका छन् ।
इजरेल डिफेन्स फोर्स (आईडीएफ)ले जारी गरेको विज्ञप्तिमा उनीहरूले जेनिन क्षेत्रमा आतङ्कवादीहरुसँग सम्बन्धित पूर्वाधारमा आक्रमण गरिरहेको जनाइएको छ ।





