प्युठान, २९ जेठ । प्युठानको भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ जीप भिंगृमा दुर्घटनामा परेको हो ।
जीपमा दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जना रहेका प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







