Logo

प्रचण्डकाे नेतृत्वमा सरकार बनाउनुपर्छ: शर्मा



काठमाडौँ, ७ पुस । अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आउँदो सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने जिकिर गरेका छन् ।

आज शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै सांसद शर्माले पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डलाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताए ।

उनले भने, ‘अबको सरकारको नेतृत्व गर्नेमा मेरो तर्फबाट प्रचण्ड हुनुहुन्छ । अरूको विषयमा गठबन्धनले के भन्छ पछि थाहा हुन्छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने मेरो भनाइ हो ।’

प्रतिक्रिया दिनुहोस्