
भारत, ३१ असार । तीन दिने भ्रमणका लागि भारत पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुखले स्वागत गरेका छन् ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेले स्वागत गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
स्वागतका लागि भारतका लागि नेपाली राजदुत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । उनी आजै भारत गएका हुन् ।







