काठमाडौँ, ३१ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीतिमा तरङ्ग आइरहेको बेला तीन शीर्ष नेताबीच निरन्तर भेटवार्ता भइरहेको छ ।
तीन नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । तीन शीर्ष नेताबीच संसदीय सुनुवाई समिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
पछिल्लो समय प्रमुख तीन दलका शीर्ष नेताको भेटघाट बाक्लिएको हो । अघिल्लो सोमबार संवैधानिक परिषद् बैठकले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ ।







