Logo

प्रचण्डलाई लिङ्देनको जवाफ- यो जनयुद्धको समय होइन, भ्रममा नपर्नुहोला



काठमाडौं, २० जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले जनयुद्धको समय नरहेकाले भ्रममा नपर्न प्रचण्डलाई आग्रह गर्नुभएके छ।

राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले मंगलबार काठमाडौंको सिफलमा आयोजना गरेको प्रदर्शनमा लिङ्देनले हिजोकै जस्तो मान्छेलाई तर्साएर आफ्नो मुनी राख्न सकिन्छ की भन्ने भ्रमबाट मुक्त हुन प्रचण्डलाई आग्रह गर्नुभएको हो।

आफूहरूको आन्दोलन प्रचण्ड वा कुनै दलको विरुद्ध नभइ देशमा गणतन्त्रमा नाममा भइरहेको लुटतन्त्र अन्त्य गर्नका लागि लडिरहेको उहाले बताउनुभयो।

उहाले आफूहरूको आन्दोलनविरुद्ध आउने जोकोहिलाई जनताले प्रतिकार गर्ने उल्लेख गर्नुभयो। त्यस्तै अध्यक्ष लिङ्देनले निषेधाज्ञा बिस्तार गर्ने, प्रदर्शनलाई रोक लगाउने काम संविधान बिपरित रहेकाले यस्ता निर्णय फिर्ता लिन समेत माग गर्नुभयो।

राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने गरी निषेधित क्षेत्र घोषणा गरिसकेको छ। अन्य क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका कारण राजावादीले मंगलबार सिफलचौरमा प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्