Logo

प्रचण्डले इमान्दारिता देखाउन नसक्दा नेकपा विभाजन भयो: ओली



काठमाडौँ, १० असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारिता देखाउन नसक्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विभाजन भएको बताएका छन् ।

शुक्रबार एमाले कार्यालय च्यासलमा भएको कार्यक्रममा ओलीले एकताप्रति प्रचण्डले इमान्दारिता देखाउन नसक्दा कम्युनिस्ट पार्टी विभाजन भएको बताए । आफूले कसैलाई पार्टीबाट ननिकालेको पनि उनको जिकिर छ ।

प्रचण्डले पार्टी एकताको चरम दुरुपयोग गरेको र पार्टी अध्यक्षमाथि आरोपको पुलिन्दा बनाएको ओलीको भनाइ छ ।

पार्टीबाट आफूलाई निष्कासन गरेर पार्टी कब्जा गरेर प्रतिक्रियावादीको सेवामा अर्पण गर्ने काम प्रचण्डले गरेपनि पार्टीलाई जोगाएको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्