Logo

प्रचण्डले बालेनलाई बधाईं दिँदै भने, ‘तपाईंको जित क्रान्ति हो’



काठमाडौँ, २१ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी बालेनलाई बधाईं दिँदै प्रचण्डले उनको जित क्रान्ति भएको बताएका छन् । ‘तपाईंको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो । पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ । त्यसैले तपाईंलाई हाम्रो सधैँभरि साथ र सहयोग हुनेछ।’ प्रचण्डको भनाई उद्यृत गर्दै उनको निजी सचिवालयले जानकारी दिएको छ ।

साथै प्रचण्ड र बालेनबीच काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन लगायतसमग्र विकासका विषयमा पनि कुराकानी भएको जनाइएकाे छ। मेयर बालेनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्