Logo

प्रचण्डले भने, ‘सबैतिर तालमेल गरेर जाने निर्णय भयो’



काठमाडौँ, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएको हो ।

उनले भने, “मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।” अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताए । उनले भने, “छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।”

प्रतिक्रिया दिनुहोस्