Logo

‘प्रचण्ड ओलीसँग मिल्ने हो कि भन्ने डरले देउवा चुनाव छिटो गराउन चाहनुहुन्छ’



काठमाडौँ, १८ जेठ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो कात्तिक मसान्तभित्र सङ्घ र प्रदेशको पनि चुनाव सम्पन्न गरिसक्ने पक्षमा रहेको बताएका छन् ।

अध्यक्ष गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सङ्घ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गरेर जाने हो कि भन्ने डरले पनि प्रधानमन्त्री देउवा त्यो चुनाव छिटो सम्पन्न गराउने पक्षमा रहेको तर्क गरेका हुन् ।

उनले भने, ‘शेरबहादुर देउवा अर्को चुनाव चाँडै गर्ने पक्षमा हुनुहुन्छ, कात्तिक मसान्तसम्म चुनाव गरिसक्ने उहाँको योजना छ । किनभने गठबन्धन अहिलेसम्म कायम छ । फेरि प्रचण्ड ओलीतिर जान्छु भन्न थालेकाले न ओलीतिर जाने हो कि? गइहाले भने चुनाव जितिँदैन भन्ने डरले देउवा चुनाव ढिला गर्नु नहुने पक्षमा हुनुहुन्छ । ’

पेट्रोलियम पदार्थलगायका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा बुधवार काठमाडौँ माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा बोल्दै उनले चुनाव जित्नका लागि जनतालाई खुसी बनाउने गरी सरकारले आउँदो आर्थिक वर्षको बजेट ल्याएको दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्