काठमाडौँ, १० पुस । जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ ।
अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुने निष्कर्षसहित शीतल निवास पुगेका हुन् ।
जसपाले माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।







