काठमाडौँ, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् ।
एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् ।
त्यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् ।
त्यसैगरी एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र जनमत पार्टीबाट अब्दुल खान मन्त्री बनेका हुन् । उनीहरूको जिम्मेवारी पछि तोकिनेछ ।







