Logo

प्रचण्ड, बाबुराम भट्टराई र रामचन्द्र पौडेलबीच भेटवार्ता



काठमाडौँ, २३ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रवार भेटवार्ता भएको छ ।

सिंहदरबारमा रहेको माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो । भेटमा नेसपाका नेता महेन्द्रराय यादव पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्