Logo

प्रचण्ड भन्छन्: फेरि एकपटक प्रधानमन्त्री बन्न पाए देशलाई नयाँ युगमा लैजाने सपना छ



काठमाडौँ, १० असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् ।

नेपाल पर्वतारोहण संघका तर्फबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार हस्तान्तरण र विदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले तपाईँहरूले अबको प्रधानमन्त्री भन्नुभयो । त्यो तपाईँहरूको आशीर्वाद हो र अर्को पटक देशको नेतृत्व गर्ने मौका मैले पाउने हो भने देशमा भएका सम्पूर्ण विसंगतिमाथि प्रहार गर्दै देशलाई नयाँ युगमा लैजाने कुरा मेरो मनभित्र छ।’ प्रचण्डले भने ।

पहिलो चोटी प्रधानमन्त्री हुँदा आफूलाई सपना हो कि विपना हो जस्तो भएको भन्दै उनले त्यतिबेला सोचेजस्तो काम गर्न नसकेको बताए । ‘पहिलोपटक प्रधानमन्त्री हुँदा त झिलिमिली-झिलिमिली भयो, सपना हो कि विपना हो भनेजस्तो भयो, गर्दागर्दै नौ महिना बितिहाल्यो, उनले भने, ‘दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरैकुरा सुधार गर्ने प्रयत्न गरेको हुँ त्यसमा मलाई गर्व छ । देशको राष्ट्रिय एकता नै के हुने हो भन्ने बेला मधेसलाई पनि विश्वासमा लिएर निर्वाचनमा जाने कुरा सानो थिएन ।’

प्रतिक्रिया दिनुहोस्