Logo

प्रचण्ड भन्छन्: यो पटक भाषण कम र काम धेरै गर्छु



चितवन, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफू भाषण कम र काम धेरै गर्ने बताएका छन् ।

चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रममा लम्बेतान भाषण गर्ने कम्युनिस्ट नेताहरू र आफ्नै समेत विगतलाई सच्याउँदै अब भाषण कम र नागरिकको सेवा धेरै गर्ने प्रण गरेको बताएका छन् ।

आज कार्यक्रममा छोटो भाषण गरेका प्रचण्डले यो पटक हरेक दिन देशको पक्षमा, नागरिकको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताए ।

सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्