Logo

प्रचण्ड-ओलीबीच भेटवार्ता, नक्कली शरणार्थीका बारेमा छलफल



काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच संवैधानिक परिषदको बैठक, नक्कली शरणार्थी प्रकरण, राजनीति लगायतका विषयमा कुराकानी भएको बताइएको छ । ओलीले स्थानीय तहको बजेट कटौतीका विषयमा सरकारको ध्याकर्षण गराए ।

ओलीले प्रधानमन्त्रीसँगको भेट पछि भने, शरणार्थी प्रकरणको अध्ययन गरिरेका छौँ‘ तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौँ ।’

निर्दोष पर्न नहुनेतर्फ पार्टी सचेत रहेको उल्लेख गर्दै ओलीले दोषी भए उम्कन नमिल्ने बताए । ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहन्नौँ ।’

प्रतिक्रिया दिनुहोस्