सोलुखुम्बु, ३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् ।
समानुपातिक तर्फको बन्द सूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक रोकेर प्रचण्ड सोलुखुम्बुतिर लागेका हुन् । प्रचण्डको सोलुखुम्बुमा भवन उद्घाटनदेखि पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुने कार्यसूची छ ।
साथमा पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायतका नेताहरू छन् ।







