Logo

‘प्रचण्ड’ र डा. शेखर कोइरालाबीच खुमलटारमा भेटवार्ता



काठमाडौं, १ श्रावण । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

खुमलटार पुगेर कोइरालाले ‘प्रचण्ड’सँग दुई घण्टा छलफल गर्नुभएको हो । शेखर निकट एक नेताले भने, ‘पछिल्ला समसामयिक राजनीति घटनाक्रमबारे छलफल भएको हो । करिब २ घण्टा वार्ता चल्यो ।’

भेटमा सरकार सञ्चालनको वर्तमान अवस्था, आगामी राजनीतिक समीकरण तथा दलहरूबीचको सम्भावित सहकार्यबारे छलफल भएको बताइन्छ । यद्यपि, भेटमा भएका विषयको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

शेखर पछिल्लो समय एमालेसँगको सहकार्यप्रति सन्तुष्ट छैनन् । उहाले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरिरहेको बेलामा खुमलटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्