काठमाडौँ, २९ साउन । आगामी मंसिर चारको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एउटै चिन्ह र घोषणा पत्रबाट चुनाव लड्ने सहमति भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा भएको भेटवार्तामा एउटै चिह्नबाट चुनाव लड्ने सहमति बनेको नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले बताए ।
प्रचण्डलाई भेट्न समाजवादीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महेन्द्र राय यादव पुगेका थिए । एउटै चिह्न र घोषणापत्रबाट लड्ने सोमबारसम्म लिखित रुपमा समझदारी गर्ने तयारी रहेको उनले बताए ।







