काठमाडौँ, ३१ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच छलफल भइरहेको छ ।
नेत द्वयबीच माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा छलफल जारी रहेको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।
उनीहरूबीच चुनावी रणनीति र सिट बाँडफाँडका विषयमा छलफल हुँदै छ । बाबुरामले माओवादीको चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भइसकेको छ ।







