Logo

प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता



काठमाडौँ, १ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटघाट भएको भएको छ ।

शुक्रबार साँझ भट्टराईको निवासमा चुनावको सम्मुखमा पुराना दुई सहयात्रीबीच भेट भएको हो ।

दुई नेताबीच के कुरा भयो भन्ने खुलेको छैन । तर, भट्टराईले प्रचण्डसँग गम्भीर वैचारिक तथा राजनीतिक वार्ता भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्