Logo

प्रचण्ड स्वदेश फिर्ता, देशका समस्याले निकास पाउने विश्वास



काठमाडौँ, १ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीनदिने भारत भ्रमणबाट फर्किएका छन् । प्रचण्डलाई पार्टी नेता नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमन पुन, हरिबोल गजुरेललगायतका नेताले स्वागत गरका थिए ।

भारतीय जनता पार्टीको निमन्त्रणमा गएर स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलन नेपालले भोगीरहेको समस्या समाधान हुनेमा विश्वास लिएको बताए । उनले नेपालका डुवान तथा सीमा समस्या, इपिजी प्रतिवेदन बुझ्ने विषयमा पनि छलफल भएको बताए । उनले पेट्रोलियम पदार्थमा सहुलियत दिन पनि आग्रह गरेको बताए ।

प्रचण्डले दुई पार्टीबीच भएको छलफलले देशका समस्या समाधानमा सकारात्मक भूमिका खेल्ने बताए । भाजपा र माओवादी केन्द्रबीच सम्बन्ध बिस्तारको अन्तर्गतको भ्रमण रहेको प्रचण्डले बताए । उनले भने, अब दुई पार्टीबीच भ्रमण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्