Logo

स्थानीय तह निर्वाचन: करिब आठ हजार उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिए



 

काठमाडौँ, १७ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् ।

उनले अहिले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताए ।

प्रवक्ता पौडेलले भने, ‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिब ८ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिब एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्