Logo

प्रतिनिधिसभाकाे बैठक बस्दै : प्रधानमन्त्रीसँग प्रश्नोत्तर



काठमाडौँ, १२ भदौ । आज प्रतिनिधिसभा बैठक बस्दै छ ।

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तरको कार्यसूची रहेको छ ।

आज १२ जना सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै, आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्ताव गर्ने पनि कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्