Logo

प्रतिनिधिसभाको अवरोध हटाउन सहमति जुट्यो



काठमाडौँ, २२ जेठ । प्रतिनिधिसभाको अवरोध हटाउन सहमति जुटेको छ ।

सोमबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलपछि बैठकको अवरोध हटाउने सहमति जुटेको उनको सचिवालयले जनाएको छ ।

आइतबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदन अवरुद्ध पारेका थिए । आजको बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा उठेका विषयको जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्