Logo

प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔं: देवकोटा



काठमाडौँ, २४ जेठ । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उनले प्रतिनिधिसभाको आकार घटाउनका लागि संविधान संशोधनको प्रस्ताव ल्याउन आग्रह गरेका हुन् । प्रतिनिधिसभा सदस्यको संख्या १६५ बनाउने गरी संविधान संशोधन गर्न माग गरेका छन् ।

उनले आगामी आर्थिक वर्षको बजेट केन्द्रीकृत सोच र मानसिकताबाट पछाडि हट्न नसकेको बताए । अधिकांश मन्त्रालयले राखेका कार्यक्रम र बजेटलाई राष्ट्रपति र प्रधानमन्त्रीसँग जोडिएका कार्यक्रमले रोकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्