Logo

प्रतिनिधिसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगित



काठमाडौँ १६ साउन । प्रतिनिधिसभाको आज बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ ।

सोमवार पनि सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पुन: सूचना टाँस गर्दै स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले अर्को बैठक साउन २२ गते सोमवारका लागि तोकेका छन् । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । तर सत्तापक्ष भने संसद् चलाएर सरकारले जवाफ दिन पाउनुपर्नेमा मागमा अडिग छ ।

प्रतिक्रिया दिनुहोस्