Logo

प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानाको उम्मेदवारी दर्ता



काठमाडौँ, ६ माघ । प्रतिनिभिसभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानाले उम्मेदवारी दर्ता गरेकी छिन ।

शुक्रबार संघीय संसद् सचिवालमा उनले मनोनयन दर्ता गरेकी हुन्। उनलाई सत्तारूढ गठबन्धनको समर्थन रहेको छ ।

उनलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार सवा ४ बजे मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्