Logo

प्रतिनिधिसभाको बैठक आइतबार बस्ने



काठमाडौँ, २९ असार । प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने भएको छ ।

सभामुख देवराज घिमिरेले बैठक असार ३१ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।

आजको बैठकमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेलाई प्रतिनिधिसभामा उत्पति भएको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० को सम्बन्धमा राष्ट्रिय सभाबाट पारित भएका विधेयकको सन्देश पढेर सुनाएका थिए ।

सभामुख घिमिरेले कार्यसूचीबाट २ र ३ मा रहेको शीर्षक हटाइएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्