काठमाडौँ, २६ जेठ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।
बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।







