Logo

प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडौँ, २९ साउन । निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आजका लागि बोलाइएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि पुरानै कार्यसूचीका विषयहरु छन् । तर आजको बैठक पनि चल्ने सम्भावना भने न्यून छ ।

यसअघि साउन २४ गते र २६ गतेको बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो भने २२ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको एमालेले २३ गतेको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्ने भएपछि अवरोध गरेको थिएन । तर गृहमन्त्रीले सम्बोधन गर्दा उच्चस्तरीय छानबिन समिति गठन गर्ने आश्वासन नदिएपछि एमालेले तत्कालै संसद अवरुद्ध गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरुको संलग्ता रहेको भन्दै एमालेले साउन १० गतेदेखि संसद चल्न दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्