Logo

प्रतिनिधिसभाको बैठक तीन घण्टा ढिलो सुरु



काठमाडौँ, २३ जेठ । प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको छ ।

बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर केही निश्चित व्यापारिक समूहको स्वार्थ पूरा भएको र राज्यलाई अर्बौँ रुपैयाँ घाटा लगाएको भन्दै एमालेले बैठक बस्न नदिने अडान लिएपछि बैठक ढिला सुरु भएको हो ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सभामुखबीच लामो छलफल भएपछि बैठक सुरु भएको हो ।

बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएर संसद् र नागरिकलाई लाजमर्दो बनाएको र देशलाई अर्बौँ रुपैयाँ घाटा भएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्