Logo

प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौँ, २५ असार । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

आइतबार बस्दै नबसी सूचना टाँस गरेर सारिएको बैठक आज बस्ने भएको हो ।

संघीय संसद् सचिवालयका महासचिव डा.भरत गौतमले सूचना टाँस गरेर बैठक असार २५ (आज) ३ बजेका लागि सारिएको जानकारी दिएका थिए ।

यसअघि, हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि सारेका थिए ।

प्रतिक्रिया दिनुहोस्