काठमाडौँ, ५ भाद्र । प्रतिनिधिसभाको बैठक मङ्गलवार पनि बस्दै नबसी स्थगित भएको छ ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित भएको हो ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरेर नेकपा एमालेले गएको साउन १० गतेदेखि निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । सोमवार राति सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएपछि आज संसद् खुल्ने अनुमान थियो ।
सङ्घीय संसद्का महासचिव भरतराज गौतमले विशेष कारणले बैठक बस्न नसकेको बताए । अर्को बैठक बुधवार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।







