Logo

प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौँ, २१ भदौ । प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्ने कार्यसूची छ ।

कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र उर्जा तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

यसअघि गत सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्