Logo

प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौँ, ३ असार । प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ ।

आज बिहान ११ बजे बस्ने बैठकमा विभिन्न तीन मन्त्रालयका लागि विनियोजन गरिएको बजेट शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

आज संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट सम्बनधमा छलफल हुन लागेको हो ।

उक्त बैठकमा सांसदहरु लिलानाथ श्रेष्ठ, योगेशकुमार भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, सुमना श्रेष्ठ र प्रेम सुवालले विनियोजन विधेयक, २०८० अन्तर्गत ति मन्त्रालयका शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्