Logo

प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने



काठमाडौँ, ६ भाद्र । प्रतिनिधिसभाको  बैठक बिहीबार बस्ने भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने भएको हो ।

बैठक करिब एक महिनापछि आज बसेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक सञ्चालनमा समस्या आएको थियो ।

गएको साउन १० गतेबाट एमालेले सदन अवरोध गर्दै आएको थियो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूको बैठकमा दुई बुँदे सहमति भएपछि बैठक सञ्चालन हुने भएको थियो ।

प्रतिक्रिया दिनुहोस्