Logo

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित



काठमाडौँ, २२ साउन । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

उक्त बैठक मंगलबार दिउँसो ३ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

यसअघि, संसद् बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको थियो । पछि अपराह्न ४ बजे बस्ने गरी बैठकको समय सारिएको थियो । तर, बैठक सुरु नै नभइ भोलिसम्मका लागि स्थगित गरिएको हो ।

सदनको अवरोध हटाउने विषयमा सरकार र प्रतिपक्ष दल नेकपा (एमाले)बीच सहमति नहुँदा बैठक स्थगित गरिएको हो । एमालेले करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । सरकार सहमत भएको छैन ।

प्रतिक्रिया दिनुहोस्