Logo

प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित



काठमाडौँ, २५ असार । प्रतिनिधिसभाको बैठक चार दिनका लागि स्थगन गरिएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लागेको आरोपको जवाफ दिएपछि बैठक चारदिनका लागि स्थगन गरिएको हो ।

सोमबारको बैठकमा कार्यसूचीमा रहेका दुई देखि पाँचसम्मका एजेन्डा सूचीमा हटाएर पूर्वसांसद लालकाजी गुरुङ्को शोक प्रस्ताव पारित गर्दै स्थगन भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्