Logo

प्रतिनिधिसभाको बैठक स्थगित



काठमाडौँ, १२ असार । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले अवरुद्ध पारेसँगै प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।

सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्दै एमाले र रास्वपाले सदन अवरुद्ध पारेका हुन् । सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्