काठमाडौँ, २९ असार । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएका दुई विधेयकलाई पारित गरेको छ ।
ती विधेयकमा औषधी ऐन संशोधन विधेयक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनसम्बन्धी विधेयक छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवनीप्रसाद खापुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
यसैगरी स्वास्थ्यमन्त्री खापुङले ‘स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।







