Logo

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित



काठमाडौँ, २८ भदौ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबारको प्रतिनिधिसभा बैठक सम्पन्न भएको छ ।

नेम्वाङ संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य थिए । उनी ०४८ र ०५२ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए ।

नेम्वाङ ०५६ मा इलाम क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य, ०३६ र ०७० सालको संविधानसभा निर्वाचनमा इलाम-२ तथा ०७४ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि इलाम-२ बाटै निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा बैठकमा स्व.नेम्वाङको निधनको शोकमा एक मिनेट मौनधारण गरिएको थियो । गएको मंगलबार बिहान नेम्वाङको निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्