
काठमाडौँ, २९ मंसिर । प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको बताएका छन् । त्यसमध्ये एक करोड चार लाख ८७ हजार नौ सय ५८ मत सदर भएको थियो भने पाँच दशमलव शून्य छ प्रतिशत मत बदर भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार दुई सय २६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकामा एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भई पाँच दशमलव शून्य नौ प्रतिशत मत बदर भएको थियो ।
यसैगरी प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड १० लाख ३४ हजार पाँच सय (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो । त्यसमध्ये एक करोड पाँच लाख ८५ हजार तीन सय मत सदर भएको थियो भने चार दशमलव शून्य सात प्रतिशत मत बदर भएको थियो ।
सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १० लाख २८ हजार तीन सय ७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा एक करोड तीन लाख छ हजार ११ मत सदर भई छ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।






