Logo

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध



काठमाडौं, ३० जेठ । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रूपमा सदन अवरोध गरिरहेका थिए ।

यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ । कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरूले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । यो सहमतिमा रास्वपाले हस्ताक्षर गरेको छैन । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान छाडेको छैन ।

यसैबीच केहीबेर अघिबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले अवरोध गरिरहेको छ । माओवादी र समाजवादी भने विरोधमा उभिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्